बाँकेमा आज थप २७ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ८ आश्विन २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा आज थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा १२९ नमुना परीक्षण गर्दा २७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २४  मेडिकल कलेज कोहलपुरमा २ र बागेश्वरी ल्यावमा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । ती मध्ये बाँकेका ११ जना छन् ।

योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ८९ पुगेको छ । थाज थप १ जना डिस्चाार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ७२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने ८३ पुगेको छ ।

  • ८ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech