कस्तो रोग हो शापू ? कसरी गर्ने रोकथाम ?

    • स्वास्थ्य पेज

  • ८ आश्विन २०७८, शुक्रबार

शापू कस्तो रोग हो ?

शापू एक दृष्टिनाशक रोग हो । प्राय वर्षायामपछि भदौदेखि मंसिर महिनासम्म विशेषगरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रूपमा देखिने गरेको छ । यो रोगका लक्षणहरू देखिएको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ ।

शापू रोग के कारणले लाग्छ ?

हालसम्म सेतो पुतली मोथ लाई शापूको कारक मानिएको छ । कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ । अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ ।

शापू रोगका लक्षण के के हुन् ?

-एक्कासि एउटा आँखा रातो हुनु
-चिप्रा नलाग्नु
-उज्यालोमा हेर्न नसक्नु
-आँखाको दृष्टिमा तत्कालै कमी हुनु
-आँखा दुख्नु
-उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु

शापूको रोकथाम कसरी गर्ने ?

-सेतो पुतलीको संसर्गबाट टाढै रहने
-धेरै उज्यालो सेतो बत्ती नबाल्ने
-साँझ र राति भयालढोका बन्द गर्ने ।
-सम्भव भएसम्म झ्यालढोकामा जाली हाल्ने ।
-सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर मात्र सुत्ने ।

समयमै उपचार भएमा यो रोग निको हुन्छ । तर, ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ । यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जान तथा आफूखुसी औषधि वा जडीबुटीको प्रयोग नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

श्रोत- स्वास्थ्य मन्त्रालयको फेसबुक पेजबाट

  • ८ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech