भेरीमा कोरोना संक्रमित ६७ वर्षीय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • ८ आश्विन २०७८, शुक्रबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा घोराही उपमहानगरपालिका-१० दाङका ६७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

भदौ १९ गते कोराना भाइरस संक्रमण पुष्टि भएपछि भदौ २२ गते थप उपचारका लागि उहाँलाई भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नहुदा उहाँको गएराती साढे ११ बजे मृत्यु भएको हो ।

ओलीका अनुसार योसँगै हालसम्म बाँकेमा उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ४१६ जनाको मृत्यु भएको छ ।

  • ८ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech