सहकर्मी समाजद्धारा डुडुवालाई स्वास्थ्य सामाग्री प्रदान

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७८, बिहीबार

नेपालगन्जः सहकर्मी समाज नेपाल कोहलपुर बाँकेले बिहीबार बाँकेको डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सहकर्मी समाजले डुडुवाका सहायक स्वास्थ्य शाख प्रमुख वीरेन्द्र घले र बेतहनी स्वास्थ्य चौकीका प्रमुख हेमन्त शर्मा मार्पmत् एक लाख बराबरको स्वास्थ्य सामाग्री हस्तन्तरण गरेको हो ।

कोरडेड र इको संस्थाको सहयोगमा सहकर्मी समाजद्धारा संचालित कोभिड–१९ आपत्कालिन प्रतिकार्य नेपाल कार्यक्रमद्धारा सहयोग गरिएको संस्थाका जिल्ला कार्यक्रम संयोजक अन्जु गुरुङ्गले बताउनुभयो । बेतहनी स्वास्थ्य चौकीमा रहेको जेष्ठ नागरिक तथा कोभिड आइसोलेसन सेन्टरका लागि एक थान ईन्भटर र २ सय एमपिएसको व्याट्रि, हेल्थडेस्क सहायता कक्षका लागि ६–६ थान कुर्सीटेवल र सरसफाई किट अन्र्तगत् फिनाइल, हरपिक, साबुन, युटिलिटी ग्लोब्स, ब्रसलगायतको स्वास्थ्य सामाग्री हस्तन्तरण गरिएको छ ।

डुडुवा गाउँपालिकासंँगको समन्वयमा सहकर्मी समाजले उक्त स्वास्थ्य सामाग्री सहयोग गरेकोे हो । स्वास्थ्य समाग्री लिँदै डुडुवाका सहायक स्वास्थ्य शाख प्रमुख घलेले स्वास्थ्य सेवा प्रवाहमा उक्त सामाग्री महत्वपूर्ण हुने बताउनुभयो ।

बेतहनीको जेष्ठ नागरिक तथा कोभिड आइसोलेसन सेन्टरमा ईन्भटरको अभावमा बिरामीलाई सेवा प्रवाहमा समस्या भैरहेको थियो । ईन्भटरपछि कोभिडका बिरामीलाई अक्सिजन दिन, बत्ति र पंखा चलाउन सहयोग पुग्ने शर्माको भनाइ छ ।

कोभिड प्रभाबित क्षेत्रमा आपत्कालिन सहयोग पु¥याउने उद्देश्यका साथ सहकर्मी समाजले स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ । स्वास्थ्य सामाग्री सहयोग गर्दा सहकर्मी समाज डुडुवा गाउँपालिकाका समुदायिक प्रशिक्षक केलाराम महावत् र धु्रवराज शर्मा लगायतको सहभागिता थियो ।

  • ७ आश्विन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech