कोरोना अपडेटः कोहलपुरका धेरै, नेपालगन्ज र खजुरामा बराबर

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा आज थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा १५३ नमुना परीक्षण गर्दा १३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७, मेडिकल कलेज कोहलपुरमा ५ र बागेश्वरी ल्यावमा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । ती मध्ये बाँकेका ८ जना छन् । कोहलपुरका ४, नेपालगन्ज र खजुराका २–२ जना रहेका छन् ।

योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ७८ पुगेको छ । थाज थप ६ जना डिस्चाार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ७१ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने ८८ पुगेको छ ।

  • ७ आश्विन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech