क्षयरोग परियोजनाका कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७८, बिहीबार

धनुषाः क्षयरोग परियोजनाका कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । नेपाल सरकार , ग्लोबल फन्ड र सेभ द चिल्ड्रेन इन्टरनेशनलबीच त्रिपक्षीय सम्झौताको आधारमा साझेदार संस्था बागमती सेवा समाज नेपालद्वारा संचालित क्षयरोग परियोजना कार्यक्रम अन्तर्गत परियोजनाका कर्मचारीहरुको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम भएको हो ।

तालिम समापनमा सहभागी प्रदेश स्वास्थ्य निर्देशनालयमा कार्यरत क्षयरोग तथा कुष्ठरोग स्रोत व्यक्ति राजवीर यादवले क्षयरोग निवारणमा प्रभावकारी ढंगले काम गर्न निर्देशन दिनुभयो । उहाँले सन २०२६ सम्ममा क्षयरोग निवारणको लक्ष्य निर्धारण गरिएकाले लक्ष्य प्राप्तीमा प्रभावकारी ढंगले भूमिका खेल्न सुझाव दिनुभएको हो ।

यस्तै बागमती सेवा समाज नेपालका कार्यकारी निर्देशक निरज भण्डारीले स्थनीय सरकारसँग समन्वय गरी क्षयरोग मुक्त पालिका अभियानको सुरुवात गरिनु पर्नेमा जोड दिनुभयो ।

बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कार्कीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न सहभागीहरुलाई सुझाव दिनुभयो ।

सेभ द चिल्ड्रेनका प्रदेश २ का कार्यक्रम संयोजक राजेश साह , बागमती सेवा समाज नेपालका परियोजना व्यवस्थापक मो मकाबुल राइन, जिल्ला परियोजना संयोजक दुर्गेश यादव, प्रमित कुमार साह, नथुनी कुमार मण्डल, दुर्गानन्द झा, रोशन यादवले तालिममा प्रशिक्षण दिनुभएको जिल्ला परियोजना संयोजक प्रमित कुमार साहले जानकारी दिनुभयो ।

क्षयरोग निवारणमा हालसम्म हासिल गरिएका लक्ष्य , फिल्डमा कार्य गर्दा देखा परिरहेका समस्या एबम् चुनौतीबारे तालिममा गम्भीर ढंगले छलफल भएको धनुषा जिल्लाका जिल्ला परियोजना संयोजक नथुनी कुमार मण्डलले बताउनुभयो ।

तालिममा सर्लाही , महोत्तरी , धनुषा , सिराहा र सप्तरी जिल्लाका कर्मचारीको सहभागिता रहेको थियो । तालिम धनुषाको लालनढमा भएको हो ।

  • ७ आश्विन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech