बारबर्दियाले निम्न आयस्रोत भएका विद्यार्थीलाई एमबिबिएस पढ्न छात्रवृत्ति दिने

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७८, बिहीबार

नेपालगन्जः बर्दियाको बारबर्दिया नगरपालिकाले एमबिबिएस पढ्न चाहने निम्न आयस्रोत भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिका लागि आवेदन माग गरेको छ।

एमबिबिएससँगै नगरपालिकाले इन्जिनियरिङ र सिए विषय पढ्न चाहने विद्यार्थीसँग पनि आवेदन माग गरेको छ।

यी तीन विषयमा एक–एकजनालाई छात्रवृत्ति प्रदान गर्ने योजनाअनुसार चालु आर्थिक वर्षमा रु २५ लाख बजेट विनियोजन गरेको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारूले जानकारी दिनुभयो ।

नगरभित्र ४२ सामुदायिक र १५ संस्थागत गरी कुल ५७ विद्यालयमा अध्ययनरत बालबालिकामध्ये आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमार्फत् सो बिषयमा पढ्नका लागि यो योजना अघि सारेको शिक्षा शाखाप्रमुख टीकानाथ गोसाईंले जानकारी दिनुभयो ।आवेदनका आधारमा छनोट गरेर छात्रवृत्ति दिइनेछ ।

  • ७ आश्विन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech