भेरी अस्पतालमा बाँकेका कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७८, बिहीबार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा थप एक जना संक्रमितको मृत्यु भएको हो ।

बैजनाथ गाउँपालिका- ४ बाँकेका ५७ वर्षीय पुरुषको उपचारकाक्रममा मृत्यु भएको जिल्ला कोभिड- १९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिनु भयो ।

भदौं ५ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो ।

सोही दिन उनी भेरी अस्पतालमा भर्ना भएका थिए । उनको एक महिनासम्म उपचार गरिएको थियो ।

स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीवार बिहान ४ बजेतिर मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३३ जनाको मृत्यु भएको छ ।

 

  • ७ आश्विन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech