मिर्गौला प्रत्यारोपण सेवालाई सहज बनाउन संसदीय समितिको निर्देशन

    • स्वास्थ्य पेज

  • ६ आश्विन २०७८, बुधबार

काठमाडौंः संसदको शिक्षा तथा स्वास्थ्य समितिले मिर्गौला प्रत्यारोपण सेवालाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ‘मिर्गौला प्रत्यारोपण सेवालाई सहज र छिटो छरितो हुने व्यवस्था गर्न’ निर्देशन दिएको हो ।

बैठकले ‘डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न, मिर्गौला फेल हुनुको कारण र मिर्गौलासम्बन्धी रोगबाट बच्ने उपायका बारेमा देशभरि नै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

नेपालमा नेफ्रोलिजिष्टको दरबन्दी संख्या कम भएको भन्दै समितिले समयसापेक्ष नेफ्रोलिजिष्ट वृद्वि गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

सरकारी अस्पतालहरुमा डायलाइसिस सेवालाई प्रभावकारी बनाउनुपर्ने, मिर्गौलासम्बन्धी विशेष अस्पतालको व्यवस्थापन गर्नुपर्ने, विद्यालय तहको पाठ्यक्रममा समयसापेक्ष स्वास्थ्यसम्बन्धी जानकारी राख्न पनि समितिले सरकारलाई भनेको छ ।

  • ६ आश्विन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech