बाँकेमा आज ठूलो संख्यामा संक्रमित थपिए, अधिकांश नेपालगन्जका

    • स्वास्थ्य पेज

  • ६ आश्विन २०७८, बुधबार

नेपालगन्जः बाँकेमा आज ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । तीनवटा प्रयोगशालामा १४१ नमुना परीक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि भएका सबै भेरी अस्पतालमा गरिएको नमुना परीक्षण मध्येका हुन् ।

मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्यावमा ६२ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ । ३६ जना संक्रमित मध्ये बाँकेमा २२ जना हुन् । नेपालगन्जका १७, कोहलपुरका ३, खजुराका २ र राप्तीसोनारीका १ जना छन् ।

योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ७० पुगेको छ । आज थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ६५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९४ पुगेको छ ।

  • ६ आश्विन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech