बाँकेमा ९ वर्ष मुनिका ४३१ बालबालिकालाई कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ६ आश्विन २०७८, बुधबार

नेपालगन्जः बाँकेमा ९ वर्ष मुनिका चारसय बढी बालबालिकाहरु कोभिड संक्रमित भएका छन् । पहिलो र दोस्रो लहरमा १८ हजार १ सय ४२ जना संक्रमित हुँदा ९ बर्ष मुनिका ४३१ बालबालिका संक्रमित भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार १७४ जना बालिका छन् भने २५७ जना बालक छन् । यद्यपी यो उमेर समूहका कुनै पनि बालबालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको छैन् । यस्तै १० देखि १९ वर्ष उमेर समूहका १ हजार २७५ जना छन् । ती मध्ये एकजनाको भने मृत्यु भएको छ ।

यस्तै २० देखि ४९ वर्ष उमेर समूहका १२ हजार ६६१ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । यो उमेर समूहका १२१ जनाको मृत्यु भएको छ । यस्तै ५० देखि ५९ वर्ष उमेर समूहका २ हजार १३३ जना संक्रमित भए । ७५ जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।

६० वर्ष उमेर समूहका १ हजार ६४२ जना संक्रमित भएका छन् । १३५ जनाले ज्यान गुमाएका छन् । बाँकेमा अहिलेसम्म कोभिडबाट ३ सय ३२ जनाले ज्यान गुमाएका छन् ।

  • ६ आश्विन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech