नेपालगन्जमा भेरोसेलको दोस्रो डोज आज

    • स्वास्थ्य पेज

  • ६ आश्विन २०७८, बुधबार

नेपालगन्जः नेपालगन्जमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आज दिइने भएको छ । पहिलो मात्रा लगाएकालाई कोरोना विरुद्धको भेरोसेलको दोस्रो मात्रा दिइन लागिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका निमित्त प्रमुख जागेश्वर बस्नेतले जानकारी दिनुभयो ।

आज विहान १० बजेदेखि रामलिला मैदानको बाल मन्दिरमा खोप लगाउने स्थान निर्धारण गरिएको पनि बस्नेतले जानकारी दिनुभयो । ४५ वर्ष माथिका सबै र १८ वर्षमाथिका छुट विद्यार्थीलाई खोप लगाइने छ ।

बस्नेतका अनुसार असोज १२, १३ र १४ गते वडाका सबै स्वास्थ्य संस्थाबाट खोप लगाइने छ । खोप लगाउन जाँदा खोप कार्ड भने अनिर्वाय गरिएको छ ।

  • ६ आश्विन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech