बाँकेमा आज थप १५ जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • ५ आश्विन २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १३८ नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ७६ नमुना परीक्षण गर्दा १४ र बागेश्वरी प्रयोगशालामा २५ नमुना परीक्षण गर्दा १ जना संक्रमित थपिएका हुन् । मेडिकल कलेज कोहलपुरमा ३७ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ । आज संक्रमण पुष्टि भएका मध्य ६ जना बाँकेका हुन् ।

नेपालगन्ज र खजुराका २-२, राप्तीसोनारी र कोहलपुर नगरपालिकाका १-१ जना रहेका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार १ सय ४८ पुगेको छ । यस्तै आज थप २ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ६० पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले ८१ जना छन् ।

  • ५ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech