गल्ती गर्ने र हातपात भयो भनेर झुटो आरोप पनि लगाउने खनाललाई कारवाही गर्नुपर्ने माग

    • स्वास्थ्य पेज

  • ५ आश्विन २०७८, मंगलवार

नेपालगन्जः कोहलपुर नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सिनियर स्वास्थ्य अधिकृत गेहराज खनालमाथि हातपात भएको भनि आएका समाचारप्रति स्वास्थ्यसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल स्वस्थ्यकर्मी संघ बाँकेका अध्यक्ष टेकबहादुर केसी, संघका नेपालगन्ज उपमहानगर अध्यक्ष राजेशकुमार सेन र टे«ड युनियन कांग्रेस लुम्बिनी प्रदेशका सह–सचिव सरोजकुमार शाहले मंगलबार संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा विना आधार र अतिञ्जितरुपमा एकतर्फी निकालिएको विज्ञप्तीको समेत भत्र्सना गरिएको छ ।

विज्ञप्तीमा दोषीमाथी आवश्यक कारबाही गर्न पनि सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।

कोहलपुर नगरस्तरीय स्वास्थ्य व्यवस्थापन समितिको भदौ ८ गतेको बैठकले कोभिड सामान खरिदका लागि निर्णय गरेको थियो ।

पीसीआर र एन्टिजेन परीक्षणका लागि सामाग्री खरिदको निर्णय भएसँगै ३१ गते टिप्पणी उठाइएको थियो । उक्त टिप्पणीमा कार्यालय प्रमुख अनिल कुमार सिंहसँगै पीडित भनिएका खनालले पनि हस्ताक्षर गर्नुभएको थियो ।

गएको शुक्रबार ११ बजेतिर स्टोरशाखामा प्रवेश गर्नुभएका खनालले सि.अ.हे.ब अधिकृत सारदा चन्दसँग त्यही सामाग्री खरिदबारे बादविवाद गर्नुभयो ।

स्टोरशाखामा कार्यरत महिला कर्मचारीबाट टिप्पणी सहितको कागजात खोसेर खनालले च्यात्नुभयो । ‘घटना स्टार शाखाबाट सुरु भएको हो शारदाले स्वास्थ्य पेजसँग भन्नुभयो–‘टिप्पणीको कागजात च्याथेर खनाल बाहिर निस्कनुभयो त्यसपछि के भयो मलाई थाहा भएन ।’

पीडित भनिएका खनालले भने नगर स्वास्थ्य प्रमुख अनिल कुमार सिंहले आफु माथि हातपात गरेको आरोप लगाउनुभएको छ ।

उक्त घटनामा कर्मचारीको आधिकारीक टे«ड युनियन बाँकेले समेत घटना नबुझेर विज्ञप्ती निकालेको भन्दै नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष राजेशकुमार सेनले आपत्ती जनाउनुभएको छ ।

टिप्पणी लगायतको कागजात च्यात्ने र महिला कर्मचारीलाई दुव्र्यवहार गर्ने खनाल माथि कारवाही हुनु पर्ने उहाँको माग छ । गल्ती पनि आफै गर्ने अनि हातपात भयो भनेर घटनालाई अतिरञ्जित गर्न खोज्ने खनाल माथि कारवाही हुनुपर्ने संघका जिल्ला अध्यक्ष केसीले माग गर्नुभयो ।

  • ५ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech