भारतले खोप निर्यातमा लगाएको रोक हटाएसँगै नेपालले एक महीनाभित्र १० लाख डोज कोभिसिल्ड पाउने

    • स्वास्थ्य पेज

  • ५ आश्विन २०७८, मंगलवार

नेपालगन्जः भारतले अक्टोबरदेखि खोप निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।

सोमबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले विदेशमा खोप निर्यात हुने बताउनुभएको हो ।

भारतको उक्त घोषणासँगै नेपाललाई राहत मिलेको छ । भारतले निर्यात प्रतिबन्ध फुकुवा गरेसँगै अक्टोबरमा १० लाख डोज कोभिसिल्ड खोप प्राप्त गर्ने भएको छ ।

नेपालले उक्त मात्राको खोपका लागि उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई भुक्तानी पनि गरिसकेको छ ।

भारतले अक्टोबरमा खोप निर्यात गर्ने घोषणासँगै सोही बेला नेपालले पनि पाउन बाँकी डोज खोप पाउने खबरलाई परराष्ट्र मन्त्रालयले समेत पुष्टि गरेको छ ।

जसअनुसार नेपालले अबको एक महीनाभित्र १० लाख डोज कोभिसिल्ड खोप प्राप्त गर्नेछ ।

नेपालसँगै भारतले बंगलादेश र श्रीलंका लगायतका छिमेकी मुलुकलाई पनि खोप निर्यात गर्ने भएको छ ।

  • ५ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech