गेटा मेडिकल कलेज निर्माण पूरा, संचालन भने अनिश्चित

    • स्वास्थ्य पेज

  • ५ आश्विन २०७८, मंगलवार

नेपालगन्जः कैलालीको गेटामा निर्माणाधिन गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माणको काम सकिनै लाग्दा पनि संचालनबारे भने टुंगो लाग्न सकेको छैन् ।

करिव ९५ प्रतिशत पूर्वाधार निर्माणको काम सकिदा समेत मेडिकल कलेज संचालनको कुनै सुरसार छैन् । आर्थिक वर्ष ०७३÷०७४ मा ८ अर्व ३३ करोडको लागतमा अस्पताल निर्माणको काम सुरु भएको थियो । अहिलेसम्म अस्पताल, कलेज र प्रशासनिक भवनको काम पूरा भएको छ ।

अन्य भौतिक निर्माणको काम पनि आगामी ६ महिनाभित्रै पूरा गर्ने लक्ष्य छ । मेडिकल कलेज पूर्वाधार निर्माण समितिका इन्जिनियर पवन रावलका अनुसार अवको ६ महिनाभित्रै ६ शय शैयाको अस्पतालको निर्माण पनि पूरा गर्ने लक्ष्य छ । भौतिक निर्माणको काम सकिनै लाग्दा समेत यसलाई संचालन गर्ने र यसको मोडालिटी कस्तो हुने भने बारे कुनै तयारी छैन् ।

तीन सय शैयाको अस्पताल तीन वर्षसम्म संचालन भएपछि मात्रै गेटा मेडिकल कलेजमा एमबीबीएस पढाइ सुरु हुने छ । तर त्यसका बारेमा कुनै तयारी नहुँदा संचालनमा ढिलाइने हुने विज्ञहरु बताउँछन् । स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा लक्ष्मीराज पाठकले जनशक्ति, उपकरण र संरचनाको बनावटबारे पहिल्यैं तयारी गर्नुपर्ने बताउँनुहुन्छ ।

कतिपय राजनीतिक दल तथा सरोकारवालाहरुले भने आफ्नै तहबाट यसको संचालनबारे छलफल गरिरहेका छन् । तर ६ वर्ष अघि नै यस्लाई प्रतिष्ठान बनाउने भन्ने विधेयक तयार भइसकेको छ । पूर्वमहानिर्देशक डा पाठकले भन्नुभयो–‘५–६ वर्ष पहिल्य नै गेटा अस्पताललाई प्रतिष्ठान बनाउने भनेर बिधेयक तयार भइसकेको छ ।’

सुदूरपश्चिममा स्वास्थ्य सेवाको अवस्था नाजुक छ । सामान्य उपचारका लागि पनि यहाँका मानिस सीमावर्ति भारतीय अस्पताल पुग्ने गरेका छन् । तर निर्माण कार्य सकिनै लाग्दा समेत गेटा अस्पताल संचालनमा सरकारी चासो अघि बढ्न सकेको छैन् ।

  • ५ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech