जनप्रतिनिधि र कर्मचारी सबै संक्रमित हुँदा कोरोनाबाट जोगिएका मेयर भन्छन्-‘कोरोनासँग डराइन्’

    • स्वास्थ्य पेज

  • ५ आश्विन २०७८, मंगलवार

नेपालगन्जः पहिलो र दोस्रो लहरमा नेपालगन्ज कोरोनाको हटस्पट बन्यो । पहिलोभन्दा कोरोनाको दोस्रो लहरले नेपालगन्जलाई थिलोथिलो बनायो । अस्पतालका बेडहरु कोभिड बिरामीले भरिभराउ भए ।

अक्सिजनको हाहाकार मच्चियो । दैनिक जस्तो मान्छेको मृत्यु भइरह्यो । सर्वसाधरणदेखि जनप्रतिनिधिसम्मले भाइरस संक्रमणबाट ज्यान गुमाए । नेपालगन्ज उपमहानगरपालिकाकै कर्मचारीले भाइरस संक्रमणबाट मृत्युवरण गरे ।

उपमहानगरपालिकाका अधिकांश जनप्रतिनिधि तथा कर्मचारी भाइरस संक्रमित भए । कोरोना भाइरस संक्रमणको व्यवस्थापनदेखि विरामीको उपचारमा जनप्रतिनिधि र कर्मचारी यसरी खटिदा उनीहरु संक्रमित भए ।

तर मेयर धवल शम्शेर राणालाई भने अहिलेसम्म भाइरस संक्रमण भएन् । अघिल्लो दिन कार्यालयमा तीन जना इन्जिनियरसँग सँगै बसेर एउटा डिजाइनबारे छलफल भयो । संयोगले ती तिनै जना इन्जिनियरले त्यसैदिन कोभिड परीक्षणका लागि स्वाँव दिएका थिए । भोलिपल्ट रिपोर्ट आयो । तीनै जना कोभिड भए । त्यसपछि मेयर राणाले कोभिड परीक्षण गराए । रिपोर्ट नेगेटिभ आयो ।

मेरो यो सोचाइँ गलत पनि हुन सक्छ राणाले भन्नुभयो-‘कोरोनासँग जो डरायो त्यसलाई संक्रमण भएको पाए ।’ मेयर राणा अस्प्तालका आइसोलेसन वार्डमा आफै पुग्नु हुन्थ्यो । कार्यालयमा बस्दा विभिन्न फायल, कागजपत्र छुनै पथ्र्यो । तर भाइरस संक्रमणले राणालाई छुन सकेन् ।

सावधानी भनेकै उहाँले मास्क र सेनिटाइजरको प्रयोग गर्नुभयो । बेलुका भने तातोपानीको वाफ लिने गर्नु हुन्थ्यो । सचेतना त अपनाउनु नै पर्यो उहाँले भन्नुभयो -‘तर आत्मबल पनि दरो बनाउनु पर्छ ।’ अहिले नेपालगन्ज कोरोना संक्रमणबाट तंग्रीदै गएको छ ।

  • ५ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech