आज ठूलो संख्यामा डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ४ आश्विन २०७८, सोमबार

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ८१७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७८६ जनाको पिअिसार परीक्षण गर्दा ९७५ र तीन हजार ३१ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर दुई हजार ९५७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ८ एक जना संक्रमितको मृत्यु भएको छ।

देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २० हजार ८९१ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ४३२ संक्रमित छन् भने ३७१ जना आइसियुमा र १०८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २६४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २२ हजार १९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

  • ४ आश्विन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech