कोरोनाबाट बाँके र दाङका दुई जनाको भेरीमा मृत्यु

    • स्वास्थ्य पेज

  • ४ आश्विन २०७८, सोमबार

नेपालगन्जः बाँकेमा कोरोना संक्रमणबाट थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके र दाङका रहेका छन् । उनीहरुको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएकको हो ।

जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रका अनुसार संक्रमणबाट खजुरा गाउँपालिका ४ बाँकेकी ७५ वर्षीया महिलाको मृत्यु भएको छ । उनलाई भदौं २८ गते कोरोना पोजेटिभ भएको थियो । त्यसको भोलीपल्ट उनी भेरी अस्पतालमा भर्ना भएकी थिईन् ।

यस्तै दाङ तुलसीपुर उपमहानगरपालिका ७ का ८२ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । दाङमा गत भदौं १८ गते पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसको भोलीपल्ट उनी भेरी अस्पताल भर्ना भएका थिए ।

यो संगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३२ जनाको मृत्यु भएको छ । भने उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४ सय १४ जनाको मृत्यु भएको छ ।

  • ४ आश्विन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech