डा सुभाष र कबिता दम्पतीलाई पनि पदक

प्रदेशबाट पदक पाउनेमा डा असिम र बिजय पनि


    • स्वास्थ्य पेज

  • ३ आश्विन २०७८, आईतवार

नेपालगन्ज: लुम्बिनी प्रदेश सरकारले बाँके र बर्दियाका चिकित्सक र स्वास्थ्यकर्मीलाई विभिन्न मानपदवीबाट विभूषित गर्ने भएको छ ।
प्रदेश सरकारले संबिधान दिवसको अवसरमा विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्ने क्रममा बाँके र बर्दियाका स्वास्थ्यकर्मी पनि परेका हुन ।
बर्दिया अस्पतालका मेसु डा सुभाष पाण्डे, सर्जन डा बिजय उपाध्याय, नेपालगन्ज मेडिकल कलेज कोहलपुरकी स्त्रीरोग विशेषज्ञ डा कबिता सिंहा, नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका फिजिसियन डा असिम किदवाई र भेरी अस्पतालमा कार्यरत देवा जिसिलाई विभिन्न पदकबाट विभूषित गर्ने निर्णय प्रदेश सरकारले गरेको हो।

डा पाण्डेलाई कोभिड-१९ मा चिकित्सकिय सेवा र ब्यबस्थापकियरुपमा प्रभावकारी भुमिका निर्वाह गरेको भन्दै प्रदेश सेवा समर्पण, डा उपाध्यायलाई आफु संक्रमित हुँदा हुँदै बिरामीको उपचारमा संलग्न भएको भन्दै प्रदेश सेवा समर्पणबाटै विभूषित गर्ने निर्णय भएको छ ।

यस्तै कबितालाई काठमाडौं बाहिर पहिलो पटक कोभिड संक्रमित प्रसूतिको शल्यक्रियासंगै उपचार गरेको भन्दै समाजसेवी श्री र असिमलाई पनि कोभिड बिरामीको प्लाज्मा थेरापी बिधिबाट उपचार गरेको भन्दै समाजसेवी श्री पदकबाट विभूषण गर्ने निर्णय भएको छ ।

यस्तै देवालाई भेरी अस्पतालको सेवामा रहि कोभिड बिरामीको उपचारमा संलग्न भएको भन्दै प्रदेश सेवा समर्पणबाट विभूषण गरिने लुम्बिनी प्रदेशका सचिव रबिलाल पन्थले जानकारी दिनुभयो ।

विभूषित ब्यक्तिलाई प्रदेश स्थापनाको दिन सम्मानित गरिने बताइएको छ।

  • ३ आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech