बाँकेमा ८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना निको भए

    • स्वास्थ्य पेज

  • २ आश्विन २०७८, शनिबार

नेपालगन्ज: बाँकेमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७३ नमुना परीक्षण गर्दा ८ जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएका मध्य बाँकेका ४ जना छन् । योसँगै बाँकेमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या १८ हजार १३१ पुगेको छ । यस्तै आज संक्रमणबाट निको भएर थप ११ जना डिस्चार्ज भएका छन् ।

योसँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ७४६ पुगेको छ । कोरोना भाइरस संक्रमणका कारण बाँकेमा आज एकजनाको मृत्यु भएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा मधुबन नगरपालिका २ बर्दियाका ४२ वर्षीया महिलाको मृत्यु भएको हो ।

  • २ आश्विन २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech