भेरी अस्पतालमा ११ जना फार्मेसी सहायकको माग

    • स्वास्थ्य पेज

  • २ आश्विन २०७८, शनिबार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जले ठूलो संख्यामा फार्मेसी सहायकसहित एनेस्थेसियोलोजिष्ट पदमा कर्माचारी माग गरेको छ।

अस्पतालले एक सूचना जारी गर्दै पाँचौ तहमा फार्मेसी सहायक एघार जना र नवौं तहमा एनेस्थेसियोलोजिष्ट एक जना कर्मचारीका लागि आवेदन खुला गरेको हो। आर्थिक वर्ष २०७८\७९ का लागि अस्पतालले आफ्नै फार्मेसी सेवा सञ्चालनका लागि फार्मेसी सहायकको माग गरेको सूचनामा उल्लेख छ ।

उल्लेखित पदमा योग्यता पुगेका ईच्छुक व्यक्तिले सूचना प्रकाशन भएको १५ दिन भित्र दरखास्त दिन सक्ने अस्पतालले जनाएको छ ।

हाल भेरी अस्पतालको अस्पताल फार्मेसीले दुईवटा काउन्टर (ओपीडी र ईमेरजेन्सी काउन्टर) बाट डिस्पेन्सिङ सेवा दिदै आएको छ । अहिले अस्पताल फार्मेसीमा दुईजना फर्मासिस्ट र ६ जना सहायक फर्मासिस्ट कार्यरत छन् ।

सूचना

  • २ आश्विन २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech