भेरी अस्पतालमा कोरोना संक्रमित ६० वर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • २ आश्विन २०७८, शनिबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा खजुरा गाउँपालिका २ बाँकेका ६० वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

भदौ २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उहाँलाई उपचारका लागि भदौ २८ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको गएराती ११ बजे मृत्यु भएको हो ।

योसँगै कोरोना संक्रमणका कारण बाँकेका ३३१ जनाको हालसम्म मृत्यु भईसकेको छ ।

  • २ आश्विन २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech