देशभर १५५८ जनामा कोभिड पुष्टि, १३५१ जना निको भए

    • स्वास्थ्य पेज

  • १ आश्विन २०७८, शुक्रबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८ हजार ६६५ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ८६ जना र ३ हजार ७२० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४७२ जना गरि कुल १ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार ३५१ जना निको भएका छन् ।

  • १ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech