भेरी अस्पतालमा कोभिड संक्रमित ५८ वर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • १ आश्विन २०७८, शुक्रबार

तस्विरः फाइल

नेपालगन्ज: बाँकेमा कोरोना भाइरस संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा पुनर्बास नगरपालिका ५ कञ्चनपुरका ५८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या आउँदा भदौ २९ गते भेरी अस्पतालमा भर्ना हुनुभएको उहाँमा भदौ ३० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ४१२ जनाको मृत्यु भएको छ ।

  • १ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech