गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनुपर्छ : भट्ट

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०७८, बिहीबार

धनगढी: नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ ।

धनगढीमा आयोजित छलफल कार्यक्रममा उहाँले गेटा मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार तयार भइसकेकाले छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो। उहाँले गेटा मेडिकल कलेज सञ्चालन भएसँगै सुदूरपश्चिमको विकासमा टेवा पुग्ने भन्दै सो कलेज सञ्चालनका लागि सबैले आ–आफ्नो ठाउँबाट दबाब दिनुपर्ने बताउनुभयो ।

चिकित्सकले विश्वविद्यालयका रूपमा अघि बढाउनुपर्ने सुझाव दिँदै आएकाले यसमा सबैको राय लिन उचित हुने उहाँको भनाइ छ।

सरोकारवालाबाट आएको सुझावका आधारमा राजनीतिक दलहरुसँग छलफल गरी अघि बढ्ने उहाँको भनाइ छ।

छलफल कार्यक्रममा सहभागी चिकित्सकले मेडिकल कलेजलाई प्रतिष्ठान बनाएर अघि बढाउन सुझाव दिएका थिए भने प्राध्यापकहरूले विश्वविद्यालयका रूपमा अघि बढाउन सुझाव दिएका थिए।

  • ३१ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech