बाँकेमा कोभिडका २२ संक्रमित थपिए, अधिकांश कोहलपुरका

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा आज थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १२९ नमुना परीक्षण गर्दा २२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ८५ नमुना परीक्षण गर्दा २० र बागेश्वरी प्रयोगशालामा १९ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टिभएको छ । मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा भने सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका १५ जना छन् । कोहलपुरका ९, नेपालगन्जका ४ र खजुराका २ जना रहेका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय २३ पुगेको छ । यस्तै आज थप १५ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय २७ पुगेको छ ।

  • ३१ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech