भेरी अस्पतालका सबै सटर खाली गराइयो, अव के बन्दै छ ?

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०७८, बिहीबार

नेपालगन्जः भेरी अस्पतालका सटरहरु खाली गरिएको छ । अस्पताल विकास समितिले भाडामा दिएका सबै सटर खाली गराएको हो । स्वास्थ्य मन्त्रालयले २०६५ सालमै अस्पतालका सटरहरु भाडा प्रयोजनमा नदिन परिचपत्रै गरेको थियो । तर धेरै जस्तो अस्पतालहरुले आफुसँग भएका सटरहरु भाडामा दिएर आन्तरिक आम्दानी गर्दै आएका थिए ।

अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले व्यवसायिक प्रयोजनका लागि भाडामा दिएका सबै सटर खाली गराइएको जानकारी दिनुभयो । अस्पतालका ३४ वटा सटर छन् । ती सटरमा मेडिकल स्टोर, ल्याव, होटल तथा किराना पसल संचालनका लागि अस्पतालले भाडामा दिएको थियो । एउटा सटरले न्यूनतम १० हजारदेखि २ लाखसम्म भाडा अस्पताललाई बुझाउँदै आएका थिए ।

‘उहाँहरु (भाडाका व्यवसाय) लाई पटक–पटक सटरखाली गर्न लिखित पत्र नै पठाएका थियौं श्रेष्ठले भन्नुभयो–‘केहीले अटेरी गरेपछि आफै सटरमा ताला लगाउनु पर्ने अवस्था आयो, यो हाम्रो बाध्यता हो ।’ उहाँले रेडक्रस मातहतका सबै सटर समेत खाली गरिने बताउनुभयो । ‘रेडक्रसले लिखित निर्णय नै गरिसकेको छ खाली गर्छु भनेर उहाँले भन्नुभयो–‘यसमा विवाद गरिरहनु पर्ने आवश्यकता छैन् ।’

विशिष्टिकृत अस्पतालको रुपमा सरकारले घोषणा गरिसकेकाले मन्त्रालयका नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको उहाँको भनाइ छ । उहाँले यी संरचनाहरु हटाएर आकर्षक दिवाल लगाइने बताउनुभयो ।

‘अगाडिका सटरले अस्पतालको नै नदेखिने अवस्था सिर्जना भएको छ, उहाँले भन्नुभयो–‘यी संरचना हटाएर यहाँ आकर्षक सौन्दर्यकरण गरिने छ ।

  • ३१ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech