कुन समयमा दूध पिउँदा कस्तो फाइदा ?

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०७८, बिहीबार

दूध स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। यसमा प्रसस्त मात्रामा क्याल्सियम, फाइबर, भिटामिन, मिनरल्स र प्रोटिन पाइन्छ। मांशपेशीको विकासका लागि पनि दूध राम्रो मानिन्छ।

आयुर्वेदमा रातिको समयमा दूध पिउनुलाई बढी प्राथमिकता दिइएको छ। रातिको समयमा सुत्नुअघि तातो दूध सेवन गर्दा राम्रो निद्रा आउने तथा दिनभरिको थकाइ मेटिने गर्छ।

बिहानको समयमा दूध पिउँदा यसले दिनभरि शरीरमा शक्ति पैदा गरिरहन्छ।

दिउँसो दूध पिउनु बढीजसो वृद्धवृद्धाहरुलाई फाइदाजनक हुन्छ। यसले दिनभरि उनीहरुमा शक्तिको सञ्चार गराइरहन्छ।

साँझको समयमा दूध पिउँदा यसले आँखालाई राम्रो गर्छ।

आयुर्वेदका अनुसार खाना खाने र दूध पिउनेबीचको समय कम्तिमा १ घण्टाको हुनुपर्छ।

  • ३१ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech