आयुर्वेदिक चिकित्सालय बिजौरीमा नागरिक आरोग्यशाला संचालन

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०७८, बिहीबार

नेपालगन्जः राप्ती प्रादेशिक आयुर्वेदिक चिकित्सालय बिजौरीमा नागरिक आरोग्यशाला आजदेखि संचालनमा आएको छ ।

हिंजो तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गर्नुभएको नागरिक आरोग्यशाला आजदेखि आम नागरिकहरुका लागि खुल्ला गरिएको हो । नागरिक आरोग्यशालाको रेखदेख बिजौरी उद्योग वाणिज्य संघले गर्नेछ ।

१७ वटा विभिन्न किसिमका व्याम गर्ने सामाग्री राखिएको उक्त आरोग्यशालामा एक पटकमा २३ जनाले व्याम गर्न सक्ने अस्पतालका निमित्त निर्देशक डा महेश खनालले जानकारी दिनुभयो ।

उक्त नागरिक आरोग्यशालामा बिहान ६ बजे देखि ८ बजे सम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म १५ बर्ष माथीका आम नागरिकहरुले व्याम गर्न सक्ने छन् ।

संघ सरकारको १४ लाख सहयोग र तुलसीपुर उपमहानगरपालिका–१९ को २ लाख सहयोग गरी जम्मा १६ लाखमा नागरिक आरोग्यशाला संचालनमा आएको हो ।

 

  • ३१ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech