सुर्खेतमा पखालाका बिरामीलाई दिइने जिंक चक्कीको अभाव

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०७८, बिहीबार

वीरेन्द्रनगरः सुर्खेतमा स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिंक चक्कीको अभाव भएको हो ।

६ महिनायता जिंक चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यचौकी आउने बिरामी जिंक चक्की नहुँदा चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य छन् । सुर्खेतको रामघाटस्थित स्वास्थ्यचौकीका वरिष्ठ स्वास्थ्य सहायक धिरेन्द्र घर्तीले पखलाका बिरामीलाई खुवाउने जिंक चक्कीको अभाव रहेको बताउनुभयो ।

स्वास्थ्यचौकीमा आइरन चक्की र परिवार नियोजनका साधनको समेत अभाव हुने गरेको छ । यस्तै भेरीगङ्गास्थित छिन्चु स्वास्थ्यचौकीमा समेत जिंक चक्की अभाव भएको वरिष्ठ स्वास्थ्य सहायक गोकर्ण बुढाले जानकारी बताउनुभयो । एक वर्षदेखि जिंक चक्कीको अभाव रहेको उहाँले बताउनुभयो । जिंक चक्कीको अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।

स्वास्थ्यचौकीले उपलब्ध गराउने ४२ प्रकारका निःशुल्क औषधिमध्ये आधाजसो मात्र स्वास्थ्यचौकीमा उपलब्ध हुने गरेको उहाँको भनाइ छ ।

  • ३१ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech