बाँकेका दुईवटा प्रयोगशालामा कोभिड शून्य

    • स्वास्थ्य पेज

  • ३० भाद्र २०७८, बुधबार

नेपालगन्जः बाँकेमा आज थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११० नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ४९ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुर र बागेश्वरी प्रयोगशालामा ६१ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका २ जना छन् । ती, दुवै खजुरा गाउँपालिकाका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ८ पुगेको छ । यस्तै आज थप ११ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय २४ पुगेको छ ।

  • ३० भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech