सेती अस्पतालमा भएको परीक्षणमा थप ३१ जनामा देखियो कोरोना

    • स्वास्थ्य पेज

  • ३० भाद्र २०७८, बुधबार

धनगढीः धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बुधबार थप ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८५ जनाको कोरोना परीक्षण गरिएकोमा ३१ जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

हाल अस्पतालमा १५ जना संक्रमित उपचाररत छन्। जसमध्ये ८ जनाको आइसीयूमा र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

  • ३० भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech