पहिलो पटक भेरीका चिकित्सकले गरे ‘मल्टीलिगामेन्ट’को सफल शल्यक्रिया

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०७८, मंगलवार

नेपालगन्जः भेरी अस्पतालका चिकित्सकले पहिलो पटक ‘मल्टीलिगामेन्ट’को सफल शल्यक्रिया गरेका छन् । यसअघि काठमाडौंबाट चिकित्सकको टीम आएर मल्टीलिगामेन्टको शल्यक्रिया गर्ने गरेकोमा यो पटक भने पहिलो पटक भेरी अस्पतालकै टीमले शल्यक्रिया गरेको हो ।

वरिष्‍ठ कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा तिर्थेन्द्र खड्का नेतृत्वको टीमले रुकुमकी २८ वर्षीया प्रमिला थापाको घुँडाको सफल शल्यक्रिया गरेको शल्यक्रियामा संलग्न अस्पतालका मेसु डा प्रकाश थापाले जानकारी दिनुभयो । प्रमिलाको दुई महिना अघि बाँया खुट्टाको घुँडामा चोट लाग्दा तीन वटा नशामा असर परेको थियो ।

करिव साढे २ घण्टा लगाएर एसील, पीसीएल र एलसीएल नशाको सफल शल्यक्रिया गरिएको वरिष्‍ठ कन्सल्ट्यान्ट अर्थोपेडिक डा खड्काले बताउनुभयो । ‘घुँडामा दुई ठाउँ चोट लागेको सम्म यसअघि शल्यक्रिया भइरहेकै थिए उहाँले भन्नुभयो–‘तीन ठाउँमा चोट लागेको शल्यक्रिया भएको भने यो पहिलो पटक हो ।’

मल्टीलिगामेन्टको शल्यक्रिया भएपछि प्रमिला अव सहजै हिंडडुल गर्न सक्ने डा थापाको भनाइ छ । दुई वर्षमा लिगामेन्टको मात्र सय भन्दा बढी बिरामीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । सिंगललिगामेन्टको शल्यक्रिया भने अस्पतालमा भइरहेको छ । शल्यक्रियामा डा खड्का, डा थापा, डा राहुल मिश्र र डा लक्ष्मण सिग्देललगायतको टीम सहभागी थियो ।

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech