बाँकेमा १३० नमुना जाँच्दा १८ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आज थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १३० नमुना परीक्षण गर्दा १८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ६६ नमुना परीक्षण गर्दा १६ र बागेश्वरी प्रयोगशालामा १७ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टिभएको छ । मेडिकल कलेज कोहलपुरमा ४७ नमुना परीक्षण गर्दा भने सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका ६ जना छन् । नेपालगन्ज र खजुराका २-२ जना, कोहलपुर र राप्तीसोनारीका १-१ जना रहेका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ६ पुगेको छ । यस्तै आज थप ७ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय १३ पुगेको छ ।

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech