बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन सरकार प्रयासरतः प्रधानमन्त्री

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०७८, मंगलवार

नेपालगन्जः प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शैयाको व्यवस्था गरिएको दाबी गर्नुभएको छ ।

कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech