प्रदेश १ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०७८, मंगलवार

विराटनगरः मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश १ मै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ। सुनसरीको धरान उपमहानगरपालिका–६ का ३३ वर्षीय टेकनाथ भुर्तेलको मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालका सञ्चालक डा सुनिल शर्माले जानकारी दिनुभयो । टकेनाथलाई उहाँकी श्रीमती ३३ वर्षीया नन्दकुमारीको मिर्गौला दिनुभएको हो ।

‘नोबेलमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ,’ डा शर्माले भन्नुभयो–‘प्रदेश १ मै पहिलो पटक नोबेलले मिर्गौला प्रत्यारोपण थालेको हो। अब नियमित रुपमा प्रत्यारोपण सेवा सञ्चालन गर्छौं।’

नोबेलका मिर्गौला रोग विशेषज्ञ तथा मिर्गौला प्रत्यारोपण फिजिसियन डा।. शैलेन्द्र श्रेष्ठ र युरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा रामसागर शाहको नेतृत्वमा प्रत्यारोपण सेवा सुरु गरिएको हो।

ल्याप्रोस्कोपिक विधिबाट नन्दकुमारीको वाया मिर्गौला निकालेर टेकनाथको पेट चिरेर दायाँतर्फ राखिएको डा शाहले जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक डा राजेश नेपालका अनुसार मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि अनुमति माग गर्दै नोबेलले २०७६ भदौ महिनामा निवेदन दिएको थियो। स्वास्थ्य सेवा विभागको अंग प्रत्यारोपण समन्वय समितिको गत साउन १ गतेको निर्णय बमोजिम नोबेललाई मिर्गौला प्रत्यारोपणका लागि अनुमति दिइएको हो।

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech