विद्यालय खुलेसँगै बालबालिकामा कोरोनाको जोखिम, कस्ता सावधानी अपनाउने ?

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०७८, मंगलवार

नेपालगन्जः कोरोना भाइरस संंक्रमण दर कम हुदै गएपछि अहिले बाँके र आसपासका जिल्लाहरुमा धमाधम विद्यालय खुल्न थालेका छन् । बाँकेमा कोहलपुर नगरपालिका भित्रका विद्यालय बाहेका अन्य सबै पालिकाका विद्यालयहरुले भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेका छन् ।

महिनौ बन्द भएका विद्यालय खुलेपछि विद्यार्थी र अभिभावकहरु खुशी छन् । संंक्रमणको जोखिम पूर्णरुपले टरिनसकेकाले विद्यालय सञ्चालन गर्दा सचेत हुन भने विज्ञहरुले सुझाएका छन् । नानी बाबु विद्यालय पठाउँदा परिवारले र विद्यालयमा विद्यालय प्रशासनले स्वास्थ्य मापदण्डको कडाईका साथ पालन गर्न भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. खगेन्द्र जंग शाहले सुझाव दिनुभयो ।

सवारी साधानमा यात्रा गरेर विद्यालय जाँदा, विद्यालयमा भेला हुँदा सामाजिक दुरीको कडाइका साथ पालना गर्नु अनिवार्य रहेको डा.शाहको भनाइ छ । स्वास्थ्यमा केहि समस्या देखिए र कोभिडसँग मिल्दो जुल्दो लक्षण भए बाबुनानिलाई विद्यालय नपठाउँन उहाँको आग्रह छ । बाहिरी देशहरुमा संक्रमण दर कम हुने र विद्यालय खुले फेरी बढ्ने गरेको देखिएकाले स्वास्थ्य मापदण्ड पालनामा गम्भीर रहन विज्ञहरुले सुझाएका छन् ।

विद्यालय जाने नानीबाबु भ्याक्सिनको पहुँचमा आईनसकेका कारण पनि परिवार र विद्यालय प्रशासन स्वास्थ्य मापदण्ड कडाईमा गम्भीर हुनुको विकल्प नभएको उहाँको भनाइ छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि बाँकेका विद्यालय करिव ५ महिनादेखि बन्द थिए ।

 

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech