भेरी अस्पतालमा कोरोना संक्रमित थप दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०७८, मंगलवार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृत्यु भएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा घोराही उपमहानगरपालिका-३ दाङका ४० वर्षीया महिला र ठाकुरबाबा नगरपालिका-१ बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

दाङका ४० वर्षीया महिलालाई भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँलाई त्यसैदिन उपचारका लागि भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा हिजो राती ८ बजे मृत्यु भएको हो ।

त्यस्तै ठाकुरबाबा नगरपालिका-१ बर्दियाका पुरुषलाई भदौ १७ गते कोरोेना संक्रमण पुष्टि भएपछि त्यसैदिन भेरी अस्पतालमा भर्ना गरिएको थियो । उहाँको गएराती साढे १२ बजे मृत्यु भएको फोकलपर्सन ओलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ४११ संक्रमितको हालसम्म मृत्यु भईसकेको छ ।

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech