राप्ती सोनारीका पाँच विद्यालयमा ‘विद्यालय नर्स कार्यक्रम’

विद्यालय नर्स कार्यक्रम संचालनका लागि नर्सको मासिक पारिश्रमिक २८ हजार २ सय रुपैयाँ तोकिएको छ। औषधी—औषधीजन्य सामग्री खरिदका लागि वर्षको ५० हजार र कार्यक्रम अनुगमन र समीक्षाका लागि प्रति स्थानीय तहलाई २५ हजार छुट्याइएको छ।


    • स्वास्थ्य पेज

  • २८ भाद्र २०७८, सोमबार

नेपालगन्जः सरकारले बाँकेको राप्ति सोनारी गाउँपालिकाका पाँचवटा विद्यालयमा ‘विद्यालय नर्स कार्यक्रम’ संचालन गर्ने भएको छ । थप २ सय २२ विद्यालयहरुमा ‘विद्यालय नर्स कार्यक्रम’ संचालन गर्नेक्रममा राप्ती सोनारीका पाँच विद्यालयमा पनि कार्यक्रम संचालन हुने भएको हो ।

स्वास्थ्य सेवा विभागले तयार पारेको स्थानीय तहहरुको कार्य सञ्चालन मार्ग निर्देशनमा चालु आर्थिक वर्ष भित्र प्रदेश १ र बाग्मती प्रदेश बाहेकका ५ प्रदेशमा ‘एक विद्यालय,एक नर्स कार्यक्रम’ सुरु गर्ने जनाइएको छ।

यसअघि प्रदेश १ र बाग्मती प्रदेशले ‘विद्यालय नर्स कार्यक्रम’ सुरु गरिसकेका छन्।

नर्सिङ महाशाखाले तयार गरेको मार्ग निर्देशनमा यस वर्ष प्रदेश २ का हरिवन नगरपालिकामा ६ र चन्द्रपुर नगरपालिकाका १२ विद्यालयमा विद्याल नर्स कार्यक्रम सुरु हुनेछ।

त्यसैगरी, गण्डकी प्रदेशको बाग्लुङ नगरपालिमा ५ र वेनि नगरपालिमा ५ विद्यालयमा नर्स कार्यक्रम सुचारू हुनेछ।

प्रदेशमा ५ को राप्तिसोनारी गाउँपालिका ५, त्रिवेणी गाउपालिकामा ११ विद्यालयमा सो कार्यक्रम सञ्चालन हुनेछ।

त्यस्तै, कर्णालि प्रदेशमा खाँडाचक्र , त्रीपुरासुन्दरी , चन्द्रननाथ, विरेन्द्रनगर, मुसिकोट, भेरिगंगा नगपालिकामा गरी ६० विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

अघिल्ला वर्षमा सुरु भएका प्रदेश २ का कलैया उपमहानरपालिकामा १० र राजविराज नगरपालिमा थप १० विद्यालयमा कार्यक्रम सुरु गर्न लागिएको हो।

गण्डकीको गोरखा र गैंडाकोट नगरपालिकामा थप २० विद्यालयमा पनि विद्यालय नर्स कार्यक्रम सुरु गर्न लागिएको छ।

त्यसैगरी, कर्णाली प्रदेशको सल्यान र दैलेखमा २० वटा विद्यालय र सुदूरपश्चिम प्रदेशको डडेलधुरा र अछाममा पनि २० विद्यालयमा यो कार्यक्रम संचालन हुँदैछ ।

आर्थिक वर्ष ०७८- ०७९ मा कर्णालीका जाजरकोट र हुम्लामा पनि १८ विद्यालय नर्स कार्यक्रम विस्तार हुने मार्ग दर्शनमा उल्लेख छ।

विद्यालय नर्स कार्यक्रम संचालनका लागि नर्सको मासिक पारिश्रमिक २८ हजार २ सय रुपैयाँ तोकिएको छ। औषधी—औषधीजन्य सामग्री खरिदका लागि वर्षको ५० हजार र कार्यक्रम अनुगमन र समीक्षाका लागि प्रति स्थानीय तहलाई २५ हजार छुट्याइएको छ।

विद्यालय जाने उमेरका बालबालिका तथा किशोर–किशोरीहरूमा विभिन्न खालका समस्या जस्तैः नाक, कान तथा घाँटी , मुटु, मुख, आँखा जस्ता रोगहरू परिचाहन गर्न सहयोग पुग्ने मार्गदर्शनमा उल्लेख गरिएको छ।

विद्यालयमा बालबालिकालाई पोषिलो आहार, अतिरिक्त क्रियाकलापका साथै मानसिक, शारीरिक स्वास्थ्यको रेखदेखका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अघि सारेको हो।

बालबालिकालाई साना, साना कुरामा पनि धेरै तनाव हुने, जसले गर्दा बालबालिकाले आत्महत्या गर्ने, विष खान प्रयास गर्ने, हात खुट्टा काट्ने समस्याहरु हुन्थ्यो। तर अहिले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन भएपछि नर्सले परामर्शद्वारा समस्याको समाधान गर्न ठूलो भूमिका खेलेको छ।

  • २८ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech