कोरोनाबाट भेरीमा ४६ वर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • २८ भाद्र २०७८, सोमबार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । उपचारका क्रममा ठाकुरबाबा नगरपालिका–८ बर्दियाकी ४६ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

भदौ २२ गते कोरोना पुष्टि भएकी उनी त्यसैदिन भेरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा आज विहान ८ बजे मृत्यु भएको हो । योसँगै उपचारका क्रममा बाँकेमा आएका बाहिरी जिल्लाका ४ सय ९ जनाको मृत्यु भएको छ ।

  • २८ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech