नेपालमा कोरोना संक्रमण दर १०.६ प्रतिशत

    • स्वास्थ्य पेज

  • २८ भाद्र २०७८, सोमबार

नेपालगन्जः गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमण दर १०.६ प्रतिशत देखिएको छ। गत चौबिस घण्टामा परीक्षण भएका १० हजार ७ हजार ८ सय ८७ वटा नमुनामध्येमा ८ सय ३८ जनामा कोरोना पुष्टि भएको हो।

एन्टिजेन र पिसिआर दुवै नमुनामध्येमा ८।२ प्रतिशत मात्र कोरोना संक्रमण दर देखिएको छ। यो हिसाबले एकसाताको अवधिमा थप ५ प्रतिशतले कोरोना संक्रमण दर घटेको तथ्यांकले औंल्याएको छ।

कोरोना नियन्त्रण हुनको लागि थप ७ प्रतिशत घट्नुपर्ने महामारी नियन्त्रणको सिद्धान्त हो। तर नेपालको पछिल्लो संक्रमण दरको तथ्यांकले नेपालमा कोरोना नियन्त्रणमा सुधार भएको संकेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताउनुभयो ।

अहिले पनि कोरोना महमारीको दोस्रो लहरको सुरुवाती चरणकै जस्तो संक्रमण भइरहेको उहाँले बताउनुभयो। संक्रमण दर घटे पनि नयाँ भेरियन्ट आएमा पुनः संक्रमण बढ्नसक्ने भएकोले हरेक नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गरेर नियमित चलाउन अनुरोध गर्नुभयो ।

 

  • २८ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech