१६५ नमुना जाँच, ११ जनामा कोभिड संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २६ भाद्र २०७८, शनिबार

नेपालगन्ज: बाँकेमा आज थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा १६५ नमुना परीक्षण गर्दा थप ११ जनामा संक्रमण पुष्टि भएको हो । भेरीमा ९ जना र बागेश्वरी प्रयोगशालामा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

कोहलपुर मेडिकल कलेजको प्रयोगशालामा ३५ नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएन । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ५ जना छन् । यस्तै आज थप ११ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ९७ पुगेको छ ।

  • २६ भाद्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech