आज १६६० संक्रमणमुक्त, थपिए ११४६ संक्रमित

    • स्वास्थ्य पेज

  • २५ भाद्र २०७८, शुक्रबार

नेपालगन्जः पछिल्लो समय देशभर कोभिड(१९ संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । २४ घण्टामा कोभिड(१९ संक्रमणबाट १६६० जना मुक्त भएका छन् । हालसम्म देशभर ७ लाख ३६ हजार ६६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार देशभर ११४६ जना कोभिड संक्रमित थपिएका छन् । १० हजार ९१६ जनाको कोभिड परीक्षण गरिएको थियो । २१ जनाको मृत्यु र हालसम्म १० हजार ९२४ जनाको मृत्यु भइसकेको छ ।

देशभर सक्रिय संक्रमित २७ हजार ९५८ जना छन् । आईसीयूमा ४५८, भेन्टीलेटरमा १४५ संक्रमित उपचाररत छन् । होम आईसोलेशनमा २६ हजार २९६, संस्थागत आईसोलेशनमा १६६२ र क्वारेन्टीनमा २५२ जना छन् ।

बिहीबार १८४५, बुधबार २१६१ , मंगलबार २०७२ र आइतबार १५३४ जना संक्रमणमुक्त भएका थिए । सो दिन संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी थियो ।

 

  • २५ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech