स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ६९१ जना फेल

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०७८, बिहीबार

नेपालगन्जः नेपाल स्वास्थ्य व्यवसायी परिषदले २१, २२ र २३ भदौमा सञ्चालन गरेको प्रथम नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) नतिजा सार्वजानिक भएको छ।

परिषद्का अनुसार कुल २ हजार २० परीक्षार्थी सहभागी थिए। जसमध्ये १ हजार २९० पास भएका छन् ६९१ जना फेल भएका छन्। त्यसैगरी, परीक्षामा ३९ जना अनुपस्थित भएका थिए ।

परिषदका अनुसार स्नातककोत्तर तहमा ३९ जनाले परीक्षा दिएकोमा २० जना ( ५८.८२ प्रतिशत) उत्तीर्ण भएका छन्। त्यसैगरी, स्नातक तहमा २०३ जना सहभागी भएकामा १३३ जना (६७. १७ प्रतिशत) र प्रमाणपत्र तहमा कुल १ हजार ७७८ जना सहभागी भएकोमा १ हजार १३७ जना (६५ प्रतिशत) उत्तीर्ण भएका छन्।

परिषदले परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा कम्प्युटर विधिबाट सञ्चालन गरेको थियो।

  • २४ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech