तीजका व्रतालुले के कुरामा ध्यान दिने ?

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०७८, बिहीबार

हरेक वर्ष भाद्र शुक्ल द्वितीयाका दिन विशेष पौष्टिक भोजन गरेर भोलिपल्ट तृतीयाका दिन हरितालिका तीज व्रत बस्ने गरिन्छ। तीजको दिन ब्रत बसी भगवान शिवको पुजा आरधना गरे जीवनभरी परिवारमा सुख शान्ति हुने विश्वास रहेको छ। तीजको दिन हरेक नारीहरुले निरहार ब्रतबसी पानी समेत नखई ब्रत बस्ने परम्परा रहेको छ। तीजमा दिनभर पानी पनि नखाई ब्रत बस्ने चलन छ। यस दिन भगवान शिवको पूजाआजा गर्दा राम्रो पति पाइने तथा पतिको आयु लामो हुने धार्मिक विश्वास छ।

धर्म सस्कृतिलाई निरन्तरता दिनुका सथै आफ्नो स्वास्थ्यको समेत ख्याल राख्न जरुरी छ । लामो समय हामी भोकै बस्दैछौं भने हाम्रो आमाशयमा उत्पन्न हुने खाना पचाउन मद्दत गर्ने एसिड जम्मा हुन गई पेट पोल्ने समस्या हुन सक्दछ। ब्रतको समयमा हाम्रो शरिरमा चिनीको मात्रामा घटबढ छ वा मधुमेह छ भने भोकै बस्दा विभिन्न समस्याहरु देखा पर्न सक्दछन् ।

हाम्रो शरीरबाट निरन्तर पानीको मात्रा वाहिरी रहने हुँदा पानी पनि नखाइ व्रत बस्दा पानीको मात्रा कम भई डिहाइड्रेसन हुन सक्दछ । त्यसो त ब्रत बस्नुको धेरै फाइदा छ, धार्मिक हिसाबले, शारीरिक हिसाबले, मानसिक हिसाबले । बेला बेला पाचन यन्त्रलाई विश्राम दिनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । आहार विशेषज्ञका अनुसार हप्तामा एक पटक व्रत वस्नुको अनेक लाभ छ । यद्यपी अक्सर व्रतका क्रममा खाद्य पदार्थको उचित चयन वा उपयोग भएको हुदैन।

कस्तो अवस्थामा व्रत नबस्ने र बस्नै परे के गर्ने ?

-नियमित औषधी प्रयोग गर्ने महिलाको लागि तीजको निरहार व्रत उपयुक्त हुँदैन
-यदि व्रत बस्नै पर्ने अवस्था भए पानी तथा फलफुल खानुपर्छ र औषधी त छुटाउनै हुँदैन
-शरीर कमजोर हुनेहरुले व्रत बस्दा शरीर झन् कमजोर हुनसक्छ । त्यसैले बिरामी भएका महिलाहरुले व्रत नबस्दा ठिक हुन्छ । तीजमा व्रत बसेका महिलाहरु मन्दिरमा पुजा गर्न धेरै भीडभाड भएको ठाउँमा लाईनमा बस्छन् । यसले भोको शरीर झनै थाक्छ । त्यसैले पानी पिउनुपर्छ ।
-तीज भन्ने वित्तिकै व्रत मात्र होइन रमाइलो र नाचगान पनि उत्तिकै हुने पर्व हो । तर तीजमा व्रत बसेका महिलाले खाली पेटमा नाच्दा पनि ख्याल गर्नुपर्छ । आफ्नो स्वास्थ्य अवस्था हेरेर मात्र नाच्नुपर्छ । धेरै नाच्दा रिंगटा लागेर वेहोस हुने सम्भावना हुन्छ । जसका कारण स्वास्थ्यलाई ख्याल गरेर मात्र मनोरञ्जन गर्दा फाइदा पुग्छ ।

ध्यान दिनुपर्ने कुराहरु

.व्रतको दिन अत्याधिक पानी पिउनुपर्छ ।
.धेरै परिश्रम हुने काम नगर्ने
.व्रतको क्रममा अनावश्यक पदार्थ कोलेस्ट्रोलको रुपमा शरीर वाहिर निस्कन्छ । त्यसैले कोलेस्ट्रोल नियन्त्रण गर्नका लागि अतिरिक्त पानी पिउनुपर्छ ।
.मौसमी फल वा फलको जुस सेवन गर्नुपर्छ ।

तल उल्लेखित समस्या भएकाहरु सकेसम्म ब्रत नबसौ

-मधुमेह तथा उच्च रक्तचाप हाइपरटेण्सन भएका व्यक्तिले

-भर्खर अपरेशन गरेकाहरुले

-रगतको कमी भएमा अथवा रगत सम्बन्धि समस्या देखिएमा

-मुटु, कलेजो, फोक्सो तथा किड्नी सम्बन्धी रोगबाट पिडितहरु

-गर्भवती महिला

-विशेषगरी ब्रत वस्ने समयमा आफ्नो शारिरिक अवस्थालाई ध्यान दिनु जरुरी छ।

तीजको सबैमा भव्य शुभकामना  – स्वास्थ्य पेज परिवार

 

 

  • २४ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech