आइतवारदेखि बाँकेका कुन–कुन पालिकाका विद्यालय खुल्दै ?

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०७८, बिहीबार

नेपालगन्जः कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेका बाँकेका अधिकांश विद्यालय यही आइतवारबाट खुल्ने भएका छन् । आइतवारदेखि नेपालगन्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिका र डुडुवा गाउँपालिकामा भौतिक उपस्थितिमा पढाई सुरु गर्ने गरी विद्यालय खुल्न थालेका हुन् ।

जानकी गाउँपालिकामा भने भोलिदेखि नै विद्यालय खुल्ने पालिकाका कार्यबहाक अध्यक्ष भुमिसरा धितालले जानकारी दिनुभयो । खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकाले भने विद्यालय खोलिसकेका छन् ।

भाइरस संक्रमणको बढी जोखिम देखिएको कोहलपुर नगरपालिकाले पनि विद्यालय खोल्ने गृहकार्य थालेको छ । छलफल र परामर्श गरेर विद्यालय खोल्ने तयारी भइरहेको पालिकाले जनाएको छ ।

कोहलपुरमा पछिल्लो समय भाइरस संक्रमितका बिरामी थपिएका कारण जोखिम बढी देखिएकाले भौतिक उपस्थितिमा विद्यालय खोल्न चुनौति देखिएको छ । लामो समयदेखि बन्द भएका विद्यालय खुल्ने भएपछि विद्यार्थीहरु खुसी भएका छन् ।

तर कोरोनाको जोखिम कायमै रहेकाले ती विद्यालयहरुले जनस्वास्थ्यको मापदण्डलाई पूर्णरुपमा पालना गर्नु पर्ने विज्ञहरुले सुझाव दिइरहेका छन् । पालिकाहरुले यसलाई मध्यनजर गरेर सकेसम्म सिफ्ट प्रर्णालीमा पठनपाठनको व्यवस्था मिलाउन विद्यालयलाई सुझाएका छन् ।

  • २४ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech