कोहलपुर दुईमा आधारभूत अस्पताल संचालन

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०७८, बुधबार

कोहलपुर: बाँकेको कोहलपुर नगरपालिकाले आजदेखि आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले वडा नम्वर–२ मा आधारभूत अस्पताल सञ्चालनमा ल्याएको उपमेयर सञ्जुकुमारी थारुले जानकारी दिनुभयो । नागरिकलाई आधारभूत उपचार सेवाका लागि आधारभूत अस्पताल महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

उहाँले नगरसभाको परिकल्पना अनुसार छिटै आधारभूत अस्पताल आफ्नै भवनबाट सञ्चालन गरिने पनि प्रतिबद्धता जनाउनुभयो । नगरपालिकाले आधारभूत अस्पताल अहिले भाडामा सञ्चालन गरेको छ ।

आधारभूत अस्पतालबाट अब ७० प्रकारका औंषधी उपलब्ध हुने कोहलपुर नगरपालिका नगर स्वास्थ्य प्रमुख अनिल सेन ठकुरीले जानकारी गराउनुभयो ।

 

  • २३ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech