चिकित्सा शास्त्र अध्ययन संस्थानमा तालाबन्दी

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०७८, बुधबार

काठमाडौंः विद्यार्थीहरुले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएममा ताला लगाएका छन्। जनस्वास्थ्य विषयकोझ स्नातकोत्तर तहका विद्यार्थीले डिनको कार्यालय र परीक्षा महाशाखामा तालाबन्दी गरेका हुन्।

शोध परीक्षाका लागि विभेदकारी निर्णय गरेको र विद्यार्थीको शोध प्रस्ताव पास नगरी फेल गराउने नियत लिएको भन्दै विद्यार्थीहरुले ताला लगाएका हुन्।

उनीहरुले शोध प्रस्ताव पास नगर्ने र समय पनि नदिई एकै पटक मौखिक परीक्षाको मिति परिवर्तन गरिएको भन्दै विरोध जनाएका छन्।

 

 

  • २३ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech