अस्पतालमा बाढी पस्दा १७ जना बिरामीको मृत्यु

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०७८, बुधबार

नेपालगन्जः मेक्सिकोको एक अस्पतालमा बाढी पस्दा १७ जना बिरामीको मृत्यु भएको छ ।

मेक्सिकोको हिडाल्गो राज्यको एक अस्पतालमा बर्षासंगै पानी पसेपछि अस्पताल भत्किंदा बिरामीको मृत्यु भएको हो । अन्य ४० जना बिरामीको भने उद्धार गरिएको छ । मृत्यु हुनेमा केही कोभिडका बिरामीहरु पनि रहेका छन् ।

यसैबीच मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले देशमा अविरल बर्षा जारी रहेकाले सबैलाई सुरक्षित रहन अपील गरेका छन् । मेक्सिकोमा बर्षाका कारण ३० हजार मानिस प्रभावित भएका छन भने बाढीमा मेक्सिकोको उपनगरमा दुुइ जनाको मृत्यु भएको छ । बाढीका कारण सयौंलाई सुरक्षित स्थान तर्फ सारिएको छ ।

  • २३ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech